ad ad

समाज


आज दिनभर काठमाडौँ उपत्यकाको मौसम कस्तो रहला?

आज दिनभर काठमाडौँ उपत्यकाको मौसम कस्तो रहला?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर २०, २०८० बुधबार ७:३७, काठमाडौँ

यतिबेला (बुधबार बिहान) काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली (आकाशमा हल्का बादल) रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने सम्भावना छ। 

‘उपत्यकामा आज आकाशमा हल्का बादल लाग्ने, घाम पनि देखिने सम्भावना देखिन्छ’, उनले भने, ‘पानी पर्ने सम्भावना देखिएको छैन।’

मौसमविद् लामिछानेका अनुसार आज बिहानको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस छ। राति आकाशमा बादल लागेका बेला बिहान न्यूनतम तापक्रम हल्का बढ्छ। 

केही दिनअघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्रीसम्म झरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .