ad ad

समाज


रुकुम फैसलाप्रति दलित आयोगका अध्यक्षको प्रतिक्रिया: हामीलाई कानुनी संरक्षण मिलेको छ

रुकुम फैसलाप्रति दलित आयोगका अध्यक्षको प्रतिक्रिया: हामीलाई कानुनी संरक्षण मिलेको छ

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १९:५३, काठमाडौँ

रुकुम हत्याकाण्डमा संलग्नहरूलाई अदालतले जन्मकैदको फैसला गरेपछि राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले खुसी व्यक्त गरेका छन्। 

तीन वर्षअघि रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आज आएको हो। 

जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले चौरजहारी नगरपालिका–८ का तत्कालीन वडाध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो। 

यसले दलित समुदायलाई कानुनी संरक्षण मिलेको प्रतिक्रिया दलित आयोगका अध्यक्ष विश्वकर्माले दिएका हुन्। 

‘मध्ययुगीन जंगली बर्बरतालाई बिर्साउने रुकुम सोती हत्याकाण्डको सम्मानित अदालतले गरेको फैसलाले हामीलाई कानुनी संरक्षण मिलेको छ’, फैसला सार्वजनिक हुनासाथ अध्यक्ष विश्वकर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न्यायका पक्षधर सबैलाई हार्दिक बधाई!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .