ad ad

समाज


बाबुलाई जेलमै छाडेर आज छुट्दै सन्दीप

बाबुलाई जेलमै छाडेर आज छुट्दै सन्दीप

फाइल फाेटाे : सन्दीप रायमाझी (छोरा) र पूर्वमन्त्री टोपबहादुर रायमाझी (बाबु)


नेपालखबर
मंसिर १८, २०८० सोमबार १०:४, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा उच्च अदालत (पाटन) ले शुक्रबार दिएको आदेशअनुसार आज (सोमबार) एकसाथ पाँच जना जेलबाट छुट्दै छन्। 

यस क्रममा आज पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि रिहा हुँदै छन्। एउटै मुद्दा लागेका बाबुलाई जेलमै छाडेर सन्दीप भने अदालतमा धरौटी रकम बुझाएर रिहा हुने भएका हुन्।  

उच्च अदालतले शुक्रबार नक्कली शरणार्थी प्रकरणका ४ अभियुक्तलाई धरौटीमा तथा ६ जनालाई साधारण तारेखमा रिहा गर्न र ९ जनालाई थुनामै राख्न आदेश दिएको हो। 

यसबमोजिम आज सन्दीपसहित लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंककुमार गुरुङ, केशव तुलाधर, नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसी जेलबाट छुट्ने भएका हुन्। शरणार्थी नेता टेकनाथ रिजाललाई पनि धराैटीमा रिहा गर्न आदेश भए पनि उनले रकम बुझाउन नसक्ने भनिरहेका छन्। अत: आज ५ जना मात्र जेलबाट छुट्ने भएका हुन्। 

तर पूर्वमन्त्री टोपबहादुरसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वसभासद् आङटावा शेर्पा तथा बिचौलियाहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भनिने गोविन्दकुमार चौधरी र सन्देश शर्मालाई भने उच्च अदालतले जिल्लाकै निर्णय सदर गर्दै थुनामै राख्न आदेश दिएको हो।  

तर पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणका विषयमा भने दुई न्यायाधीशबीच मत बाझिएपछि निर्णय हुन सकेको छैन। उनलाई धराैटी वा साधारण तारेखमा रिहा गर्ने वा थुनामै राख्ने भन्ने निर्णय गर्न अब तेस्रो न्यायाधीशसमक्ष पेस गरिने भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .