ad ad

समाज


देशभरको मौसम बदली, उच्च भू-भागमा हिमपातको सम्भावना

देशभरको मौसम बदली, उच्च भू-भागमा हिमपातको सम्भावना

फाइल तस्बिर


नेपालखबर
मंसिर १६, २०८० शनिबार ६:२५, काठमाडौँ

हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज (शनिबार) दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यसैगरी शनिबार राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ। 

हिमपात र देशभरिको तापक्रम गिराबाट हुन सक्ने चिसोको असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .