ad ad

समाज


प्रधान सेनापतिद्वारा विद्यालय भवन शिलान्यास

प्रधान सेनापतिद्वारा विद्यालय भवन शिलान्यास

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १७:३४, काठमाडौँ

प्रधान सेनापति महारथी प्रभुराम शर्माले सैनिक आवासीय महाविद्यालय, पोखराको नयाँ भवन शिलान्यास गरेका छन्।

महाविद्यालयको १९औँ वार्षिकोत्सवको अवसरमा आज सो महाविद्यालयमा बीबीए पठनपाठनका लागि आवश्यक पर्ने भवनको शिलान्यास गरिएको हो।

नेपाली सेनाको कल्याणकारी योजना मातहत सञ्चालित उक्त महाविद्यालयमा आज आयोजित कार्यक्रमकाबीच बीबीए पठनपाठनको औपचारिक थालनी समेत भएको छ।

महाविद्यालयको वार्षिकोत्सवको अवसरमा आज आयोजित समारोहमा विद्यार्थीहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। त्यस अवसरमा प्रधान सेनापतिले उक्त महाविद्यालयको वार्षिक मुख पत्र फूलबारी विमोचन गरेका थिए।

यस्तै, महाविद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई प्रधान सेनापतिले पुरस्कार वितरण गरे।

सो अवसरमा प्रधान सेनापतिले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई प्रधान सेनापति प्रशंसा निसान प्रदान गरेका थिए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका डीन, प्राध्यापकवर्ग, जनप्रतिनिधि, रथीवृन्द, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कार्यालय प्रमुखहरू, महाविद्यालयका प्रिन्सिपल तथा शिक्षक लगायत नेपाली सेनाका अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .