समाज


खाँणलाई छाड्ने कि थुन्ने? यस्तो छ दुई न्यायाधीशको दुईथरी आदेश

खाँणलाई छाड्ने कि थुन्ने? यस्तो छ दुई न्यायाधीशको दुईथरी आदेश

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेल


नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १६:५७, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका केहीलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्लाले धरौटीमा रिहा गरेकाहरुलाई उच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझीसहित ९ जनालाई भने जिल्लाले थुनामा पठाउने आदेश मिलेको भन्दै उच्चले पनि परिवर्तन गरेको छैन। 

तर कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणको हकमा भने न्यायाधीशबिच राय बाझिएको छ। न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका छन्। 

तर उनको आदेशमा अर्का न्यायाधीश प्रकाश खरेलले सहमती जनाएनन्। उनले खाँणलाई पनि थुनामै राख्नु पर्ने राय दिएका छन्। 

यस्तो छ दुई न्यायाधीशको दुई थरी आदेशः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .