ad ad

समाज


विपिनका आमा-बुवालाई भेटेर परराष्ट्रमन्त्री साउदले दिए उनलाई खोज्ने आश्वासन

विपिनका आमा-बुवालाई भेटेर परराष्ट्रमन्त्री साउदले दिए उनलाई खोज्ने आश्वासन

नेपालखबर
मंसिर १३, २०८० बुधबार १४:१०, काठमाडौँ

गृहजिल्ला कञ्चनपुर पुगेका परराष्ट्रमन्त्री एनपी साउदले आज विपिन जोशीका बुवा आमासँग भेट गरेका छन्। 

सदरमुकाम महेन्द्रनगर पुगेका साउदले विपिन जोशीका बुवा महानन्द जोशी र आमा पद्मा जोशीलाई भेटेका हुन्। 

गएको असोज २० गते इजराइलमा हमास समूहले आक्रमण गरेदेखि विपिन जोशी बेपत्ता छन्। 

भेटका क्रममा परराष्ट्रमन्त्री साउदले विपिनको रिहाइको लागि सरकारले पहल गरिरहेको जानकारी दिए। 

साउदले यही मंसिर २३ गतेदेखि हुने आफ्नो कतार भ्रमणको क्रममा पनि विपिनको रिहाइको लागि पहल गर्ने आश्वासन जोशी परिवारलाई दिएका छन्।

इजरायलमा भएको आक्रमणपछि विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिनको रिहाईको पहलका लागि साउद कतार जान लागेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। 

यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल(मुखैरीसँग मन्त्रालयमा भएको भेटमा विपिनको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका थिए।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए।

त्यसअघि मंसिर ७ गते साउदले जोशीको रिहाईका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए।

कतार बसाइँका क्रममा उनले दोहा २१ औं फोरममा पनि सहभागिता जनाउने कार्यक्रम छ। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .