ad ad

राजनीति


सरकारप्रतिको आक्रोशलाई व्यवस्थाविरोधी अभियानमा संगठित गर्न खोजियो : सचेतक बर्तौला

सरकारप्रतिको आक्रोशलाई व्यवस्थाविरोधी अभियानमा संगठित गर्न खोजियो : सचेतक बर्तौला

नेपालखबर
मंसिर १३, २०८० बुधबार १४:१३, काठमाडौँ

नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्थाविरोधी अभियानमा संगठित गर्न खोजिएको बताएका छन्।

एक कुराकानीमा सचेतक बर्तौलाले सरकार विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकमा निराशा र आक्रोश बढेको र त्यही निराशालाई व्यवस्थाविरोधीले प्रयोग गर्न खोजेको बताए।

आक्रोशित जनसमुदायलाई व्यवस्थाविरोधी बनाउन तथा शासकीय प्रबन्धहरूलाई कमजोर बनाउन खोजिएको भन्दै त्यो कुरा दिवास्वप्न मात्रै हुने सचेतक बर्तौला बताउँछन्।

‘धमिलो पानीमा माछा मार्न खोज्ने शक्तिले आक्रोशित जनसमुदायलाई व्यवस्थाविरोधी अभियानमा प्रयोग गर्न खोजेको हो,’ सचेतक बर्तौला भन्छन्, ‘प्रणालीलाई आघात पार्न विद्यमान शासकीय प्रबन्धहरूलाई कमजोर बनाउन सकिन्छ कि भनेर जनताको त्यो आक्रोश आफूतिर संगठित गर्न खोजेको हो। त्यो असम्भव छ, दिवास्वप्न मात्र हो।’
 
बर्तौला गणतन्त्रको विकल्प नभएको बताउँछन्। वर्तमान राजनीतिक व्यवस्था नढल्ने भए पनि नेतृत्वले कार्यशैलीमा भने परिवर्तन गर्नु आवश्यक रहेको उनले बताए।

ठूला राजनीतिक दलहरू मौन बस्दा सरकारले फेरि पनि अस्थिरता, अन्यौलता र अराजकताको खेती गरेको हो कि भन्ने आशंका उब्जिएको बर्तौला बताउँछन्।

‘कालो दिनमा फर्किने कुनै सम्भावना छैन। जनताले रगत र पसिना बगाएर स्थापित गरेको व्यवस्था हो। यो व्यवस्थालाई कसैले चुनौती दिएर यो ढल्ने, कमजोर हुने अवस्था छैन,’ बर्तौलाको कथन छ,’ ‘तर नेतृत्वले कार्यशैलीमा, सरकारले आफ्नो डेलिभरी दिने कुरामा चुक्नुभएन। सरकार चुकिरहेको छ। यसप्रति पनि हाम्रो खबरदारी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .