ad ad

समाज


वर्षेनि मान्छे मर्न थालेपछि बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

वर्षेनि मान्छे मर्न थालेपछि बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०८० मंगलबार १०:१०, चितवन

चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ। यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो।

समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी नखेल्न सूचना गरिएको ताल व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परियारले जानकारी दिए। 

माडी नगरपालिका–८ स्थित बैकुण्ठ सामुदायिक वनभित्रको बैकुण्ठेश्वर ताल घुमफिर गर्न दैनिक दर्जनौँ पर्यटक जाने गरेका छन्। धार्मिक महत्व बोकेको ताल भए पनि यहाँको मनोरम दृश्यकै कारण धेरै पर्यटक भित्रिने गरेका छन् । सुरक्षालगायतका अन्य तयारी भएपछि मात्र पौडी खेल्न दिइने परियारले जानाकारी दिए।

खरकट्टास्थित बैकुण्ठ चोकबाट करिब साढे तीन किमी दक्षिण लागेपछि बैकुण्ठ मेलास्थल आइपुग्छ। 

मेलास्थलबाट करिब २० मिनेटको पैदलयात्रापछि ताल पुग्न सकिन्छ । घाँघर खोलाको शिरमा रहेको यो तालमा दुई छहरा छन् । चारैतिरको हरियालीले तालको दृश्यलाई नै लोभलाग्दो बनाएको छ।

‘केही वर्षयता ताल अवलोकन गर्न आउने क्रम बढेको छ’, माडी–८ का वडाध्यक्ष वीरेन्द्रबहादुर भण्डारीले भने, ‘अहिले समूहमा वनभोजमा रमाउन आउने धेरै छन्।’ 

गर्मीयाममा अझै धेरै पर्यटक आउने गरेका छन् । प्रत्येक वर्ष पौडी खेल्दा मानिसको मृत्यु भएपछि पौडी नखेल्न अनुरोध गरिएको भण्डारीले बताउनुभयो । यहाँ बालाचतुर्थीको अवसरमा मेला लाग्छ । यस वर्ष पनि मेलाको तयारी तीव्र पारिको छ। 

मेला लाग्ने चौरमा वनभोज खान मिल्ने व्यवस्था छ ।  करिब २०३५ सालतिर घाँस–दाउँरा काट्न जाने क्रममा फेला परेको यो ताल ३२ मिटर गहिरो छ। 

‘ताल जोगाउन ड्यामको खाँचो छ, छहरा पनि व्यवस्थित गर्नुछ’, उनले भने, ‘कृत्रिम ताल यो होइन, अब संरक्षण गर्दा पनि कृत्रिमता झल्काइने छैन।’

तालको दक्षिणतर्फ पर्यटक लोभ्याउने केही गन्तव्यहरू भेटिए पनि प्रचार–प्रसार गर्न नसकिएको उनले बताए। चौरमा संरचना बनाउनका लागि यस वर्ष बजेट विनियोजन गरिएको छ। उनले पर्यटक आकर्षण गर्ने खालका संरचना बनाइने जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .