ad ad

समाज


उर्लाबारी आगलागी : अर्का घाइतेको पनि मृत्यु, मृतकको संख्या पाँच पुग्यो

उर्लाबारी आगलागी : अर्का घाइतेको पनि मृत्यु, मृतकको संख्या पाँच पुग्यो

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०८० मंगलबार ९:१५, काठमाडौँ

मोरङको उर्लाबारीमा तिहारको लक्ष्मिपूजाको दिन भएको आगलागी घटनामा परेर गम्भीर घाइते भएका अर्का एक जनाको पनि उपचारको क्रममा मृत्यु भएको छ। 

आगलागीमा परेर गम्भीर घाइते उर्लाबारी- ७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा गएराति कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो। योसँगै उर्लाबारी आगलागीमा परेर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।

 आईसीयूमा उपचाररत मरिताको गएराति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। 

गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी–७ इटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा आगलागी हुँदा निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए। ती घाइतेमध्ये पाँचजनाको मृत्यु भइसकेको छ।

सुनचाँदी पसलमा रहेको ग्यास सिलिण्डर विष्फोट हुँदा धेरै आगोमा जलेका थिए। 

यो आगलागी घटनाका २० जना घाइतेको अहिले पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये आईसीयूमा अझै चार जना छन्।

यसअघि उर्लाबारी- ७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, उर्लाबारी–७ कै ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको पनि कीर्तिपुर अस्पतालमै मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .