समाज


धुलिखेलमा लागेको आगो ३ घण्टापछि नियन्त्रणमा, क्षतिको विवरण आउँन बाँकी

धुलिखेलमा लागेको आगो ३ घण्टापछि नियन्त्रणमा, क्षतिको विवरण आउँन बाँकी

घटनास्थल


नेपालखबर
मंसिर १२, २०८० मंगलबार ७:२७, काठमाडौँ

आज (मंगलबार) बिहान उज्यालो नहुँदै काभ्रेको धुलिखेलमा सुरु भएको आगलागी नियन्त्रणमा आएको छ। 

धुलिखेल नगरपालिका-११ बाँनियाछाप बस्ने बलराम धिमालको घरमा बिहान चार बजेदेखि सुरु भएको आगलागी बिहान ६ बजेर ५० मिनेट जाँदा पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आगलागीबाट ढुंगानाका ढुंगा, माटो र जस्ताले छाएको ३ तल्ले घर र एउटा गाईबस्तु बाँध्ने गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ। 

आगलागीको खबर प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। 

धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 


आगलागी कसरी सुरु भयो, कारण खुलेको छैन। आगलागीबाट अन्नपात र अन्य भौतिक बस्तु जलेर नष्ट भए पनि चौपाया र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। 

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .