सन् २०१९ अक्टोबर महिनामा आयोजना भएको विश्व म्याराथन प्रतियोगितामा जब केन्याका धावक एलुइड किपचोगेले विश्व किर्तिमान बनाए। एकपटक विश्व आश्चर्यमा पर्यो।
किनभने २६ माइल दुरी पार गर्नुपर्ने म्याराथन दौडको दुरी हालसम्म कुनै धावकले २ घन्टा अगाडि पुरा गरेका थिएनन्।
तर केन्याका स्टार किपचोगेले एक घन्टा ५९ मिनेट ४० सेकेन्डमै दुरी पार गरे।
त्यसपछि किपचोगेको चौतर्फी प्रशंसा भयो। साथै यस घटनाले शंका पनि उब्जायो। उनले कसरी अन्य धावकभन्दा चाँडै दुरी पार गरे?
अनुसन्धानका क्रममा रेकर्ड होल्डर किपचोगेले नाइकको भ्यापोरफ्लाई जुत्ता लगाएको पत्ता लाग्यो।

एलुइड किपचोगे
यो जुत्ता सामान्यभन्दा अग्लो देखियो। यसको सोलमा सामान्यमा भन्दा ठूलो स्पोन्ज देखियो। जसले गर्दा दौडँदा सहज त हुन्थ्यो नै त्यस जुत्ताबाट कुद्न सहयोग पनि प्राप्त हुन्थ्यो।
अनुसन्धानका क्रममा यो पनि यो पनि भेटियो कि भ्यापोरफ्लाई जुत्ता लगाउने धावकले अन्यभन्दा ४ प्रतिशत राम्रो प्रदर्शन गर्न सक्छन्।
वितेको ३ वर्षमा म्याराथनमा दौडिएर प्रथम हुने ३६ जनामा पनि अनुसन्धान भएको थियो। उनीहरुमध्ये ३१ जनाले नाइकको यही भ्यापोरफ्लाई जुत्ता लगाएको पाइयो।
वेलायतका पूर्व म्याराथन धावक मारा यामाउची भन्छन्,‘जुत्ताका कारणले हामीले निष्पक्ष प्रतिस्पर्धा’ गुमाएका छौं।

एलुइड किपचोगे
नाइकको जुत्ताले म्याराथनमा विवाद निम्त्याएपछि मानिसहरुले दौडका समयमा नाइकको भ्यापोरफ्लाई प्रतिबन्ध गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ।
यसबीचमा विश्व खेल क्षेत्रको नियामक निकाय ‘वल्र्ड एथ्लेटिक्स’ले जुत्ता प्रतिबन्ध गर्न नहुने बताउँदै दौड प्रतियोगितामा कस्तो जुत्ता लगाउने भनेर मापदण्ड बनाउनु पर्ने बताएको छ।
वल्र्ड एथ्लेटिक्सले बजारमा चार महिनायता उपलब्ध भएको जुत्ता लगाएर मात्र धावकले कुद्न पाउने नियम बनाएको छ।
यस्तै ४० मिलिमिटरभन्दा अग्लो सोल भएको जुत्ता दौडका समयमा लगाउन नपाउने निमय हाल बनेको छ। बीबीसी र सीएनएनको सहयोगमा


प्रतिक्रिया