ad ad

समाज


सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

नेपालखबर
मंसिर ७, २०८० बिहिबार १३:१७, काठमाडौँ

सर्लाहीको रामनगरमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।

रामनगर गाउँपालिका-६ सिसौटमा बा ९१ प ४२६९ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

मृत्यु हुनेमा सर्लाहीकै गोडैता नगरपालिका- ४ का ४५ वर्षीय अमिर खाँ रहेका छन्। 

ठक्करबाट गम्भीर घाइते भएका अमिरलाई मलंगवास्थित प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि गएराति वीरगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। 

ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .