ad ad

राजनीति


महेश बस्नेत, एमालेसँग जुध्ने मेरो हैसियत होइन : दुर्गा प्रसाईं

महेश बस्नेत, एमालेसँग जुध्ने मेरो हैसियत होइन : दुर्गा प्रसाईं

फाइल फाेटाे


नेपालखबर
मंसिर ७, २०८० बिहिबार १३:९, काठमाडौँ

मेडिकल व्यवसायीसमेत रहेका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का अध्यक्ष दुर्गा प्रसाईंले महेश बस्नेत र एमालेसँग जुध्ने आफ्नो हैसियत नभएको बताएका छन्। 

बस्नेत एमालेका पोलिट्ब्युरो सदस्य हुन् भने भ्रातृ संगठन युवा संघका इन्चार्ज। दुवै पक्षले आज काठमाडाैँका अलग-अलग स्थानमा विरोध प्रदर्शनको कार्यक्रम गरिरहेका छन्। 

यसै क्रममा आफ्नो समूहले बल्खुमा आयोजना गरेको कार्यक्रममा जाने क्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले एमाले पार्टी वा यसका नेता महेश बस्नेतसँग भिड्ने आफ्नो उद्देश्य पनि नभएको र हैसियत पनि नभएको प्रतिक्रिया दिएका हुन्। 

बरु उनीहरूले आफूहरूसँग भिड्न खोजेको आरोप उनले लगाए। 

‘घर लुटिएका गरिब, सुकुमवासी न्याय माग्न काठमाडौँ आउँदाखेरि राति चेलिबेटी सुतेको ठाउँमा जाने १२ बजे। बलात्कार गर्न खोज्ने, लात्ताले हान्ने। उहाँहरूले गरिराख्नुभाछ। हामी भिड्या छैनौँ, म अहिलेसम्म भिड्या छैन’, प्रसाईंले भने, ‘उहाँहरूसँग मेरो भिड्ने हैसियत पनि होइन। म उहाँहरूसँग भिड्दिनँ, म उहाँहरूसँग तर्केर हिँड्छु।’  

यस्तो छ उनको भनाइ-

महेश बस्नेत, एमालेसँग जुध्ने मेरो हैसियत होइन, ऊ (एमाले) ७३ वर्ष पुरानो पाटी हो, म पार्टी नै होइन। तर के कुरा बुझ्नपर्छ भने आज जनजनमा दुर्गा प्रसाईं, मनमनमा दुर्गा प्रसाईं किन छ? उहाँहरूलाई पनि सद्‌बुद्धि आओस्। दिनदुःखी, गरिबहरूका घर खोसिए, चेलिबेटीहरूले आत्महत्या गरे। लघुवित्त र सहकारीले गाउँमा उठीवास लगाए, महिलाहरूले आत्महत्या गरे। आजै बिहानको मात्रै घटना। श्रीमान् श्रीमती झुन्डिएर मरेका छन् झापामा। यस्ता घटना भए। गरिबका घरजग्गा लुटिए। यो जोगाइदिऊँ न भनेर लाग्दाखेरि मलाई कालोमोसो दल्ने, घर लुटिएका गरिब, सुकुमवासी न्याय माग्न काठमाडौँ आउँदाखेरि राति चेलिबेटी सुतेको ठाउँमा जाने १२ बजे। बलात्कार गर्न खोज्ने, लात्ताले हान्ने। उहाँहरूले गरिराख्नुभाछ। हामी भिड्या छैनौँ, म अहिलेसम्म भिड्या छैन उहाँहरूसँग मेरो भिड्ने हैसियत पनि होइन। म उहाँहरूसँग भिड्दिनँ, म उहाँहरूसँग तर्केर हिँड्छु।  

यद्यपि प्रसाईंको कार्यक्रमस्थल बल्खुमा प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच झडप भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .