ad ad

समाज


उर्लाबारी आगलागी : थप एक घाइतेको उपचारको क्रममा मृत्यु

उर्लाबारी आगलागी : थप एक घाइतेको उपचारको क्रममा मृत्यु

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०८० बिहिबार ७:५८, काठमाडौँ

मोरङको उर्लाबारी आगलागी घटनाका थप एक घाइतेको मृत्यु भएको छ।

लक्ष्मी पूजाको राति उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी घटनाका घाइते स्थानीय ४९ वर्षीय हेमकुमार दाहालको उपचारको क्रममा गएराति कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको हो।

आगलागीमा परेर घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको गएको  मंगलबार कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भएको थियो।

स्थानीय दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजा दिन आगलागी भएको थियो। त्यतिबेला आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीयसहित २८ जना घाइते भएका थिए। 

सो आगलागी घटनाका ७ जनाको कीर्तिपुर वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .