ad ad

समाज


प्रसाईंको टोलीलाई ‘मध्यसहर’ प्रवेश गर्न नदिने प्रशासनको रणनीति

प्रसाईंको टोलीलाई ‘मध्यसहर’ प्रवेश गर्न नदिने प्रशासनको रणनीति

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०८० बुधबार २०:३४, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले भोलि (मंसिर ७) गते काठमाडौंमा वृहत् प्रदर्शन गर्दैछ।

एमाले निकट भ्रातृ संगठन युवा संगठन र प्रसाईं नेतृत्वको अभियान एकैदिन भएसँगै प्रशासनले सुरक्षा व्यवस्था चुस्त बनाएको छ। 

प्रसाईं नेतृत्वको अभियानका सह–संयोजक राजानन्द माण्डव्यका अुनसार काठमाडौंका विभिन्न ८ वटा रुटबाट बिहीबार प्रदर्शन हुनेछ।

माण्डव्यले बुधबार साँझ सार्वजनिक गरेको तालिकामा बिहान सवा १० बजेबाट उपत्यकाका विभिन्न स्थानबाट प्रदर्शन सुरु हुनेछ। 

भक्तपुरको सानोठिमी, गंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, त्रिवि प्रवेशद्वार, बल्खु र चावहील हुँदै चक्रपथका विभिन्न क्षेत्रमा प्रदर्शन हुने माण्डव्यले बताएका छन्। 

सार्वजनिक भएको कार्यतालिकामा उल्लेखितमध्ये चावहिल चोकमा भेला भएर अघि बढ्ने प्रदर्शनकारीको समूह भित्रि सहर प्रवेश गर्ने उल्लेख छ। 

चावहिलमा जम्मा भएका प्रदर्शनकारीहरू गौशाला, मैतीदेवी, डिल्लिबजार, पुतलीसडक, बागबजार, रत्नपार्क, सुन्धारा, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै बल्खु पुग्ने बताइएको छ। 

तर, प्रहरी प्रशासनले भने सो बाटो प्रयोग गर्न नदिने रणनीति बनाएको छ। मध्य सहरको बाटो हुँदै हुने प्रदर्शनले ल्याउन सक्ने जोखिम मध्यनजर गर्दै प्रशासनले सो रणनीति बनाएको हो। 

एक प्रहरी उच्च अधिकारीका अनुसार चावहिलमा जम्मा हुने सो टोलीलाई चक्रपथकै बाटो प्रयोग गर्नेगरी तयारी भइरहेको छ। 

तर, प्रसाईंले भने प्रहरीले भनेको रुट अनुसार ¥याली लैजान मानिरहेका छैनन्। प्रहरीले चावहिलबाटै चक्रपथको बाटो प्रयोग गर्ने तयारी गरेको हो। 

‘प्रसाईं नेतृत्वको उक्त समूहले भित्रि सहरमा समेत प्रदर्शन गर्नेगरी कुरा अगाडि ल्याएको छ,’ ती प्रहरी अधिकारीले नेपालखबरसँग भने, ‘सुरक्षा चुनौतीलाई ध्यानमा दिँदै हामी चक्रपथकै बाटो बाहिरबाटै प्रदर्शन गर्नेगरी तयारी गरिरहेका छौँ।’

प्रसाईं नेतृत्वको उक्त टोली विभिन्न ८ ठाउँबाट बल्खुमा जम्मा हुनेछ। उक्त सभामा सम्बोधन गर्ने प्रसाईं बाहेक अन्यको नाम अहिलेसम्म सार्वजनिक भएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .