समाज


प्रसाईंको अन्तर्वार्ताले एपीवान टेलिभिजनमा विवाद, रोकियो प्रसारण

प्रसाईंको अन्तर्वार्ताले एपीवान टेलिभिजनमा विवाद, रोकियो प्रसारण

नेपालखबर
मंसिर ६, २०८० बुधबार २०:३, काठमाडौँ

अन्नपूर्ण मिडिया ग्रुपद्वारा सञ्चालित एपीवान एचडी टेलिभिजनले पत्रकार भुषण दाहालको कार्यक्रम ‘ब्राबो डेल्डा शो’ को प्रसारणमा रोक लगाएको छ।

दाहालले सञ्चालन गर्दै आएको उक्त ‘टक शो’को पछिल्लो श्रृङ्खलालाई व्यवस्थापनले रोकेको हो। उनले पछिल्लो श्रृङ्खलामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको अन्तर्वार्ता लिएका थिए। 

उक्त अन्तर्वार्ताको छोटो भिडिओ क्लिप समेत दाहालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। साथै, व्यवस्थापन कक्षले कार्यक्रम हेर्दै नहेरी प्रसारणमा रोक लगाएको बताएका छन्।

उनले भनेका छन्, ‘वाह! लोकतन्त्र। ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपीवनएचडीबाट प्राप्त भएकाले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।’

उक्त कार्यक्रम उनले आफ्नो युट्युव च्यानलमार्फत अहिले (बुधबार) ८ बजे नै प्रसारण हुने जानकारी समेत गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad