समाज


तीन सवारी आपसमा ठोक्किँदा दुईको मृत्यु, पाँच जना घाइते

तीन सवारी आपसमा ठोक्किँदा दुईको मृत्यु, पाँच जना घाइते

प्रकाश न्यौपाने
माघ १७, २०७६ शुक्रबार १३:२८,

रुपन्देहीमा दुईवटा मोटरसाइकल र एउटा स्कुटर एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ।

जिल्लाको सैनामैना नगरपालिका वडा नं. ८, रामापुरमा शुक्रबार दिउँसो पश्चिमतर्फबाट आउँदै गरेको लु३५प५०१९ नं. को मोटरसाइकल, विपरीत दिशाबाट जाँदै गरेको लु४२प७०९६ नं. को मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको लु२४प७४७२ नं. को स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सैनामैनाका २० वर्षीय सुदीप चौधरी र सैनामैनाकै २० वर्षीय नवीन चौधरी छन्। उनीहरुको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए। दुर्घटनामा एक पैदल यात्रुसहित ५ जना घाइते भएका छन्।

घाइते मध्ये बुटवल उपमहानगरपालिका १३ का ३८ वर्षीय सूर्यबहादुर पुनमगर र ३५ वर्षीय तुलप्रसाद गुरुङको सौनामैनाको सालझण्डीस्थित चन्द्र मेडिकलमा उपचार भइरहेको प्रहरी जनाएको छ। यस्तै, सैनामैना ८ का ४६ वर्षीय चन्द्रबहादुर क्षेत्रीको सालझण्डीको हिराचन्द्र मेडिकलमा उपचार भइरहेको छ।

यस्तै, सैनामैना ७ का १६ वर्षीय सन्तराम चौधरी र पैदल यात्रु सैनामैना ८ की ४९ वर्षीय भगवती न्यौपानेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको डीएसपी खत्रीले जनाए। घाइते ४ जनाको अवस्था सामान्य रहे पनि चौधरीको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .