ad ad

समाज


कोरोना भाइरसको उद्गमस्थलमा भेटियो बेवारिसे शव

कोरोना भाइरसको उद्गमस्थलमा भेटियो बेवारिसे शव

नेपालखबर
माघ १७, २०७६ शुक्रबार ९:१७,

कोरोना भाइरसले विश्वव्यापी संकटकाल निम्त्याउँदै गर्दा यसको उद्गमस्थल मानिएको चीनको वुहान सहरको एक सडकमा बेवारिसे शव भेटिएको छ। खैरो कपाल भएका, मुखमा मास्क लगाइरहेकै अवस्थामा एक व्यक्तिको शव भेटिएको एएफपीले जनाएको छ।

मृतक व्यक्तिको शव सडक किनारमा हातमा शपिङ ब्याग लिइरहेको अवस्थामा भेटिएको हो। अरु बेला व्यस्त हुने वुहान अहिले सुनसानप्रायः बनेको छ। औद्योगिक सहरका रुपले चिनिने वुहानमा हाल १ करोड १० लाख मानिस कोरोना भाइरसको परीक्षण निगरानीमा छन्। बेवारिसे शवको नजिक जान मानिसहरु डराएका थिए।

death body buhan

एएफपीका पत्रकारले बिहीबार बिहान उक्त दृश्य देखेका थिए। त्यसलगत्तै आकस्मिक रुपमा चिनियाँ प्रहरी र मेडिकल युनिट सुरक्षित पोसाकमा त्यहाँ आइपुग्यो। नीलो ब्लांकेटले शव ढाकियो र एम्बुलेन्स गयो। प्रहरीले सुपरमार्केटको कार्डबोर्ड बक्सले उक्त दृश्य लुकायो। उक्त शव करिब ६० वर्षको मानिसको भएको एएफपीले जनाएको छ।

death body buhan 3

प्रत्यक्षदर्शीका अनुसार ती व्यक्ति पनि कोरोना भाइरसको शिकार भएका हुनसक्छन्। दुई सातायता फैलिएको कोरोना भाइरसले हालसम्म २ सय १३ जनाको ज्यान लिइसकेको छ। विश्व स्वास्थ्य संगठनले आज मात्रै संकटकाल नै घोषणा गरिसकेको छ। वुहानमा मात्रै १ सय ५९ जनाको मृत्यु भइसकेको छ। विश्वका अन्य देशमा पनि भाइरस संक्रमित भेटिनथालेपछि संकटकाल घोषणा गरिएको हो। 

सबै तस्बिरः AFP

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .