ad ad

समाज


सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वदेश फिर्ता

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वदेश फिर्ता

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १५:२०, काठमाडौँ

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र मित्र राष्ट्र भारतको सशस्त्र सीमा बल (एसएसबी) वीच भएको सातौं नेपाल भारत समन्वयात्मक बैठकमा सहभागी भई स्वदेश फर्केका छन्।

सो बैठक कार्तिक २० देखि २२ गतेसम्म भारतको नयाँ दिल्लीमा सञ्चालन भएको थियो।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नेतृत्व गरेको सो बैठकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको समेत सहभागिता रहेको थियो भने भारतको सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक रश्मी शुक्लाले नेतृत्व गरेका थिए।

सो बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान बिभागका वरिष्ठ अधिकृत समेतको सहभागिता रहेको थियो।

बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमावर्ति अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायवीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमती भएको छ।

यसका साथै दुवै सुरक्षा निकायबीच निरन्तर सहकार्य, समन्वय र आपसी हितका विषयमा समेत छलफल भएको थियो।

यसअघि छैठौँ नेपाल भारत समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .