समाज


भूकम्पपीडितलाई तनहुँका दुई स्थानीय तहको १० लाख सहयोग

भूकम्पपीडितलाई तनहुँका दुई स्थानीय तहको १० लाख सहयोग

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार २१:३५, काठमाडौँ

जाजरकोट भूकम्पपीडितका लागि तनहुँका दुई स्थानीय तहले आर्थिक सहयोग गरेका छन्। जिल्लाको व्यास नगरपालिका र देवघाट गाउँपालिकाले भूकम्पपीडितको उद्धार र राहतका लागि रु १० लाख सहयोग गरेका हुन्।

दुवै पालिकाले रु पाँच–पाँच लाख सहयोग गरेका छन्।

व्यास नगरपालिकाको बैठकले विपद् व्यवस्थापन कोषबाट रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी र्दिए। उनले भने, ‘विपद्को अवस्थामा देशैभरबाट सहयोग भइरहेको अवस्थामा हामीले पनि केही सहयोग गर्ने निर्णय गरेका हौँ।’

नगरपालिकाले भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। 

भूकम्पबाट व्यास नगरपालिकाभित्र पनि केही घरहरु भत्किन गएको सूचना प्राप्त भएकाले सबै नगरवासी दाजुभाइलाई सुरक्षित रहन, कुनै विपद्जन्य अवस्था आइपरेमा नगरपालिकालाई सूचित गर्न आग्रह गरिएको छ।

जाजरकोट भूकम्पपीडितका लागि तनहुँकै देवघाट गाउँपालिकाले पनि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ। यस्तै नेपाली कांग्रेस तनहुँका तर्फबाट रु २५ हजार सहयोगको निर्णय भएको छ।

देवघाट गाउँपालिकाका प्रमुख तिलबहादुर थापाले भूकम्पपीडितका लागि सर्वसाधारणबाट पनि राहत सङ्कलन भइरहेको जानकारी दिएर

गाउँपालिकाले भूकम्पपीडितका लागि थप सहयोग गर्न वडा नं २ का अध्यक्ष मीनबहादुर रानाको संयोजकत्वमा राहत सङ्कलन समितिसमेत गठन गरेको छ। गाउँपालिकाका अध्यक्ष थापाले भने, ‘घसहयोग गर्न इच्छुकलाई सहयोगका लागि आह्वान गरेका छौँ। सबै वडाबाट स्वतःस्फूर्तरूपमा सहयोग सङ्कलन गरिनेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad