ad ad

समाज


सर्वोच्चमा न्यायाधीश नियुक्तिको कसरत, भोलिसम्म नाम टुंग्याउने समझदारी

सर्वोच्चमा न्यायाधीश नियुक्तिको कसरत, भोलिसम्म नाम टुंग्याउने समझदारी

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १७:२२, काठमाडौँ

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न न्यायपरिषदमा आज दिनभर छलफल भएको छ। आजको छलफल सकारात्मक भएको र भोलिसम्म नाम टुंगो लगाउने गरी उठेको न्यायपरिषदका एक सदस्यले नेपालखबरलाई जानकारी दिएका छन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडाले इजलासमै नबसी दिनभर न्यायपरिषदको छलफलमा सहभागी भएका थिए। छलफलमा न्यायपरिषदका अन्य सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ पनि थिए।

आज विस्तृमा कुराकानी भएको र धेरै हदसम्म समझदारी बनिसकेकोले भोलिसम्म निर्णय हुन सक्ने नेपालखबरको सम्पर्कमा आएका ती सदस्यले जानकारी दिए।

सर्वोच्च अदालतमा अहिले ७ न्यायाधीश पद खाली छन्। २१ दरबन्दी रहेको सर्वोच्चमा एक तिहाइ न्यायाधीश कम हुँदा न्याय सम्पादनको काम प्रभावित भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .