ad ad

समाज


जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई राहत बाँड्दै एनआरएनए

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई राहत बाँड्दै एनआरएनए

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १७:५९, काठमाडौँ

जाजरकोट र रुकुम पश्चिमका भूकम्पबाट प्रभावितहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत सामग्री हस्तान्तरण गरेको छ। 

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोटको बागान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो।

राहत सामग्री वितरण गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरुको गाँस काटेर संकलन भएको सानो सहयोग भूकम्प पीडित समक्ष ल्याउन पाउँदा सन्तोष मिलेको बताए। 

उनले सन् २०१५ मा गएको महाभूकम्पमा समेत गैरआवासीय नेपाली संघले ५ सय भन्दा बढी स्वयंसेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको स्मरण गर्दै जाजरकोट र रुकुम पश्चिमको पुर्नर्निमाणमा समेत विदेशमा बस्ने नेपालीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए। 

यस्तै संघका महासचिव गौरीराज जोशीको नेतृत्वमा रुकुम पश्चिम पुगेको संघको टोलीले स्थानिय सरकारको समन्वयमा मंगलबार बिहान राहत  सामग्री वितरण गरेको छ ।  

संघका महासचिव गौरीराज जोशीका अनुसार भूकम्प अति प्रभावित आठबीसकोट नगरपालिकामा गैरआवासीय नेपाली संघको तर्फवाट भूकम्पपीडित घरपरिवारहरुको लागि राहत सामग्री हस्तान्तरण गरिएको  छ।

संघले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल २०० थान, फेन्सी कपडा २०० थान, ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी,  १००० लिटर तेल, ५०० केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ।  

जाजरकोटमा पनि त्यही परिमाणमा राहत सामाग्री वितरण गरिएको जनाएको छ।  

यसअघि संघका अध्यक्ष केसीको अध्यक्षमा बसेको आकस्मिक बैठकले न्यूनतम् १ करोड रुपैयाँको राहत कोषको स्थापना गर्ने घोषणा गर्दै भूकम्प प्रभावित क्षेत्रमा खट्न गैरआवासीय नेपालीहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .