रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ। शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका जिल्ला बाहिरका तीन जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार मृत्युहुनेमा बर्दियाका दुई र रोल्पाका एकजना छन्।
मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेका छन्। उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो। त्यस्तै रुकुमपश्चिममा बस्दै आएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।
पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक थिए। रुकुम पश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरका सहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
Shares
प्रतिक्रिया