नेपालमा पहिलो हाइड्रोजन फ्युल कार भित्रिएको छ।
हाइड्रोजन फिउल सम्बन्धि अनुसन्धान गरिरहेको काठमाडौँ विश्वविद्यालयले पहिलोपटक हाइड्रोजन कार भित्र्याएको हो।
नेपाल आयल निगमसँग सहकार्यगरी नयाँ प्रविधिको विषयमा विश्वविद्यालयले अध्ययन गरिरहेको छ।
विश्वविद्यालयले नयाँ कार रिफुलिङ स्टेशन ग्रिन हाइड्रोजन ल्याबमा राखेको छ।
‘कार र रिफ्युलिङ स्टेशन केयुको ग्रिन हाइड्रोनज ल्याबमा रहेको छ,’ विश्व विद्यालयले भनेको छ, ‘राष्ट्रिय सम्पत्ति हो। टेस्ट ड्राइभको लागि आउनुहोस्।’
हाइड्रोजन फ्युललाई नयाँ उर्जा स्रोतको रुपमा लिइएको छ।
काठमाडौं विश्वविद्यालयले विद्युत्को प्रयोग गरी पानीबाट हाइड्रोजन निकाल्ने परीक्षण गरिरहेको छ।
विश्वविद्यालयले उत्पादन गरेको हाइड्रोजन आयता गरेको गाडीमा रिफिउलिङ गरी सञ्चालन गर्ने छ।
258
Shares
प्रतिक्रिया