ad ad

समाज


जाजरकोटमा आज पनि दुईचोटि भूकम्प

जाजरकोटमा आज पनि दुईचोटि भूकम्प

शुक्रबार रातिको भूकम्पले जाजरकोटमा भत्किएको घर।


नेपालखबर
कात्तिक १९, २०८० आइतबार २०:४, काठमाडौँ

गत शुक्रबार रातिको भूकम्पले क्षतविक्षत जाजरकोटमा परकम्प जाने क्रम जारी छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका  अनुसार आज (आइतबार) पनि दिउँसो दुईपटक परकम्प गएका छन्। 

भूकम्प मापन केन्द्रले दिएको विवरणअनुसार आज दिउँसो १ बजेर २२ मिनेट जाँदा ४.० म्याग्निच्युडको भूकम्प गएको हो। यस्तै आजै दिउँसो २ बजेर २४ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ। 

गत शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

जसका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो मात्रामा जनधनको क्षति भएको छ। अहिलेसम्म सो भूकम्पमा परी १५७ जनको मृत्यु पुष्टि भएको छ। 

शुक्रबारको ठूलो भूकम्प यसअघि बझाङमा गएको भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको भूकम्पविद्ले बताएका छन्।

त्यसयता गइरहेका भूकम्प भने त्यसकै परकम्प भएको उनीहरूको भनाइ छ। 

शुक्रबार मध्यरातिको भूकम्पपछि हिजो शनिबार साँझसम्म ५ पटक परकम्प गइसकेका छन्।

आजको समेत गरेर जाजरकोटमा ७ पटक परकम्प गइसकेका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .