ad ad

समाज


इजरायलमा मारिएका तीन युवाको शव सुर्खेत लगियो

इजरायलमा मारिएका तीन युवाको शव सुर्खेत लगियो

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०८० आइतबार १३:३०, काठमाडौँ

इजरायल घटनामा मारिएका सल्यानको शारदा–३ का प्रवेश भण्डारी, डोटीको लामिखाल–८ का पदम थापा र डोटीकै पचनालीका राजन फुलाराको शव नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।

सुर्खेतबाट भण्डारीको शव दाङ र थापा तथा फुलाराको शव हेलिकप्टरमार्फत नै डोटी लगेर आफन्तलाई बुझाइने छ।

यस अघि बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याएर आफन्तलाई बुझाइ सकिएको छ।

असोज २० गते हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .