ad ad

समाज


भूकम्पपीडितका लागि गैरआवासीय नेपाली संघको १ करोड १० लाखको राहत कोष

भूकम्पपीडितका लागि गैरआवासीय नेपाली संघको १ करोड १० लाखको राहत कोष

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १९:२७, काठमाडौँ

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिम लगायतमा राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघले तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ।   

अन्तर्राष्ट्रिय समन्वय परिषद्को शनिबार बसेको आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने निर्णय लिएको हो।

बाँकी १ करोडको राहतका सामाग्री लिएर शनिबार नै प्रभावित स्थानमा जाने निर्णय भएको छ। 

अध्यक्ष डा बद्री केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरि पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रतिपरिवार १० हजारका दरले खाद्यन्न तथा लत्ताकपडा वितरण गरिनेछ।   

राहत वितरण समितिमा अध्यक्ष डा. केसीसहित  महिला उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज कुमार श्रेष्ठ (गोर्खाली_, सहकोषाध्यक्ष अभिमन्यु बस्नेत र कृष्ण प्रसाद तिमल्सिना, एनसीसी बेल्जियमकी महासचिव रुबिना शर्मा छन्।

त्यस्तै पूर्वआइसीसी सदस्य धर्मराज गिरी, लोकराज शर्मा ९डेनमार्क० विक्रम केसी ९रसिया० र सीता खतिवडा लगायत छन्। 

यस्तै, कोषध्यक्ष सुदन थापाको संयोजकत्वमा सह कोषाध्यक्षहरु कृष्ण प्रसाद  तिमल्सिना, अभिमन्यू बस्नेत, तिलक प्रसाद गैरे र अमृता थापा ९कञ्चन० रहने गरि राहत कोष संकलन समिति गठन गरिएको छ।  

संघका राष्ट्रिय समन्वय परिषद्लाई समेत राहत कार्यमा परिचालन गर्न उपाध्यक्ष तथा क्षेत्रीय संयोजकहरुलाई जिम्मेवारी तोकिएको छ। 

एसिया क्षेत्रको संयोजनको लागि रोबिन शेरचन र हरि भट्टराई, अमेरिकाज क्षेत्रमा महासचिव गौरीराज जोशी, डा केशव पौडेल र वेदराज बस्नेत, अफ्रिका क्षेत्रमा रामशरण सिंखडा र पुष्पराज भट्टराई, युरोप क्षेत्रमा डा हेमराज शर्मा र डा चिरञ्जीवी खड्का, ओसियाना क्षेत्रमा डा विनोद श्रेष्ठ र दिनेश पोखरेल,  मध्यपूर्व क्षेत्रमा राज रेग्मी र राजेन्द्रकुमार अर्याल, युवा तथा महिला परिचालनका लागि रोशन थापा, सूपेन्द्र घिसिङ, रोजिना प्रधान राई, टिका गुरुङ र अनुजा प्रधानलाई जिम्मेवारी तोकिएको हो।   

संघको स्वास्थ्य समितिलाई परिचालन गरि नेपाल मेडिकल एशोसिएसनसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय भएको केसीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .