ad ad

कोशी


कोशी प्रदेशका मुख्यमन्त्री सर्वदलीय सरकारको पक्षमा

कोशी प्रदेशका मुख्यमन्त्री सर्वदलीय सरकारको पक्षमा

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १९:३५, विराटनगर

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू सर्वदलीय सरकार गठनको पक्षमा रहेको बताएका छन्।

आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उनले वर्तमान सरकारलाई सर्वदलीय स्वरुप दिन नै आफूले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यलाई मन्त्रिपरिषद्‌मा सामेल गराएको स्पष्ट गरे। 

साथै उनले सरकारले चाँडै पूर्णता पाउने बताए।

कोशी प्रदेशको भौतिक विकासका निम्ति आफू लागिपरेको बताउँदै मुख्यमन्त्री कार्कीले सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको दाबी गरे। उनले कृषिलाई निर्यातमुखी बनाउन ठोस योजनाका साथ अघि बढ्ने दृढता व्यक्त गरे।

कोशी प्रदेश सरकार जाजरकोट भूकम्पबाट पीडित भएकाहरूका साथमा रहेको बताउँदै मुख्यमन्त्री कार्कीले सहयोगस्वरुप तत्काल एक हजार थान कम्बल, एक हजार थान त्रिपाल र एक हजार वटा बिछ्यौना प्रदान गर्ने जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .