ad ad

समाज


यी हुन् त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएका घाइते

यी हुन् त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएका घाइते

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १८:१६, काठमाडौँ

जाजरकोट केन्द्रबिन्दु भएर गएराति आएको भूकम्पमा परी घाइते भएका ८ जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौं ल्याइएको छ। 

उनीहरूलाई नेपाल एयरलाइन्सको विमानमार्फत शनिबार साँझ टिचिङ अस्पताल ल्याइएको हो।

बारिकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर आएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो क्षति पुर्याएको छ। 

भूकम्पमा परी घाइते भएकाहरूको उद्धार कार्य जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार अहिले तीनवटा हेलिकोप्टरबाट धमाधम उद्धार कार्य जारी छ। 

प्रधानमन्त्री प्रचण्ड शनिबार बिहानै प्रभावित क्षेत्रको अनुगमनका लागि पुगेका थिए। 

गृह मन्त्रालयका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .