समाज


जाजरकोट केन्द्रविन्दु भई कर्णालीमा ठूलो भूकम्प, काठमाडौं र दिल्लीमा पनि महसुस

जाजरकोट केन्द्रविन्दु भई कर्णालीमा ठूलो भूकम्प, काठमाडौं र दिल्लीमा पनि महसुस

नेपालखबर
कात्तिक १८, २०८० शनिबार ०:२७, काठमाडौँ

काठमाडौंसहित देशको पश्चिम क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ।

शनिबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

कर्णाली र सुदूरपश्चिम क्षेत्रमा यसको धक्का बढी महसुस गरिएको छ।

कर्णालीका दैलेख र जाजरकोट जिल्लामा केही घर चर्काएको प्रारम्भिक विवरण प्राप्त भएका छन्। 

भारतको राष्ट्रिय भूगर्भ केन्द्रले ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको र त्यसको केन्द्र नेपालमै रहेको जनाएको छ। यसका असर भने भारत र चीनमा पनि देखिएको जनाइएको छ।    

जाजरकोट, रूकुम पश्चिम र दैलेखमा घरहरू भत्काएको प्रारम्भिक विवरण प्राप्त भएका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .