नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखालाई निलम्बन गर्ने निर्णय गरेको छ।
पत्रकार महासंघको केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले प्रतिष्ठान शाखालाई निलम्बन गर्ने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए।
साथै, कात्तिक १८ देखि मंसिर १० गतेसम्मको आन्दोलनको दोस्रो चरणको कार्यक्रमसमेत घोषणा गरिएको उनले बताएका छन्।
कान्तिपुरम भइरहेको पत्रकारहरूको आन्दोलनमा शाखाको भूमिका श्रमजिवीको पक्षमा नदेखिएको भन्दै शाखालाई निलम्बन गरेको हो।
बैठकमा महासंघका अध्यक्ष विपुल पोख्रेलले स्पष्टीकरण सोधेर पनि चित्त नबुझेपछि निलम्बन गरेको बताए। ‘स्पष्टीकरण सोध्यौं, चित्त बुझेन र निलम्बन गर्ने निर्णय गर्यौं,’ उनले बैठकमा भने।
कान्तिपुर व्यवस्थापनले स्वेच्छिक अवकाशका लागि दिएको समयसीमा सकिएकै दिन महासंघले भने आफ्नै शाखा निलम्बन गरेको हो।
Shares

प्रतिक्रिया