समाज


आज यी स्थानमा वर्षा–हिमपातको सम्भावना

घट्दै तापक्रम
आज यी स्थानमा वर्षा–हिमपातको सम्भावना

फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार ७:४५, काठमाडौँ

हाल पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव छ। 

महाशाखाका अनुसार दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

यस क्रममा दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैगरी आज राति पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। 

यस क्रममा राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

तापक्रम घट्दै
मौसमविद् रोजन लामिछानेका अनुसार देशभर तापक्रम क्रमशः घट्दो क्रममा छ। 

‘त्यस्तो धेरै मात्रामा घटेको छैन’, उनले भने, ‘हल्का हल्का घट्दै छ।’

यस क्रममा आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस छ। यस्तै उपत्यकाको अधिकतम तापक्रम आज २४ देखि २६ डिग्रीसम्म पुग्ने अनुमान गरिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .