ad ad

समाज


फेरि न्याय पाउने आशाले आत्मसमर्पण गर्न जाँदैछु : रिगल (भिडिओ)

फेरि न्याय पाउने आशाले आत्मसमर्पण गर्न जाँदैछु : रिगल (भिडिओ)

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १७:३२, काठमाडौँ

राष्ट्रपतिबाट आममाफी पाएका योगराज ढकाल रिगलले सर्वोच्च अदालतको सम्मान गर्दै आफू पुनः न्याय पाउने आशासहित आत्मसमर्पण गर्न लागको बताएका छन्। 

बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले उनको कैद कट्टा गर्ने निर्णय बदर गर्ने निर्णयपछि प्रहरीसमक्ष आत्मसमर्पण गर्नुअघि ढकालले भिडिओमार्फत सो कुरा बताएका हुन्।

‘सम्मानीत अदालतले गरेको उच्च सम्मान गर्दै, कानुनमाथि फेरिपनि विश्वास राख्दै भोलि फेरि न्याय पाउनेछु भन्ने आशा राखेर म आफूलाई कानुनसमक्ष आत्मसमर्पण गर्न जाँदैछु,’ उनले भनेका छन्, ‘मलाई लागेको दोषहरू के हुन्छ भनेर पछि छानविन होला। आज सर्वोच्च अदालतको फूल बेन्चले जुन निर्णय गरेको छ, आफूलाई आत्मसमर्पण गर्न जाँदैछु।’

साथै, उनले यसअघि पनि आफूलाई दोष लगाएकै दिन प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताएका छन्। 

‘जुन २०७२ सालमा मलाई दोष लगाएर हिजोको दिनमा पनि मैले आत्मसमर्पण गरेर कानुनप्रति विश्वास राखेर जिल्ला अदालत बाँकेमा आत्मसमर्पण गरेको थिएँ। आज पनि म त्यहीँ जाँदैछु। म कानुनप्रति पूर्ण विश्वास राख्दछु,,’ ढकालले भनेका छन्।

संविधान दिवशको अबसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज ३ गते रिगलसहितका कैदीलाई आममाफी दिने निर्णय गरेका थिए। 

भिडिओ:

आफ्ना पति चेतन मानन्धरका हत्यारा रिगललाई सरकारले आममाफी दिएर छाडेपछि भारती शेर्पा मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

उनको रिटमा फैसला गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजालसले राष्ट्रपतिबाट भएको निर्णय बदर गरिदिएको हो। 

यो आदेशसँगै रिगललाई पुनः बाँकी कैद भुक्तानका लागि कारागार पठाइने छ। उनी बाँकेको नेपालगन्जबाट पक्राउ समेत परिसकेका छन्।

जिल्ला अदालत बाँके र उच्च अदालत तुलसीपुर, नेपालगञ्जबाट उनलाई जन्म कैदको फैसला भएको थियो। जस अनुसार उनी २० वर्ष जेल बस्नुपर्छ। तर रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गर्न बाँकी हुँदै छाडिएको थियो। 

सम्बन्धित सामग्री:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .