ad ad

समाज


सर्वोच्चको आदेशपछि भारतीले तोडिन् अनशन

सर्वोच्चको आदेशपछि भारतीले तोडिन् अनशन

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १६:४४, काठमाडौँ

सर्वोच्च अदालतले योगराज ढकाल भनिने ‘रिगल’लाई आममाफी दिने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतबाट बदर भएसँगै भारती शेर्पाले आफ्नो अनशन तोडेकी छिन्। 

माइतीघर मण्डलबाट अनसन सुरु गरेकी शेर्पाले बिहीबार सो ठाउँबाट जुस पिएर अनशन तोडेकी हुन्। 

नेपालगन्जका चेतन मानन्धरकी पत्नी शेर्पाले हालेको रिटको सुनुवाइ गर्दै बिहीबार सर्वोच्चले निर्णय सुनाएको हो।

इजलासबाट उक्त निर्णय सुनेसँगै उनी भावविव्हल भएकी थिइन्। उनी इजलासबाट निस्कँदैगर्दा डाँको छाडेर रोएकी थिइन्। 

२०७२ असार २८ गते बाँकेको नेपालगन्ज–१६ स्थित मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेलअगाडि रिगलसहित करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको पुष्टि भएको थियो।

सोही प्रकरणमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ गते  रिगललाई जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो।

२०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .