समाज


सर्लाहीमा प्रदेशका मन्त्री चढ्ने गाडीको ठक्करबाट तीन युवा गम्भीर घाइते

सर्लाहीमा प्रदेशका मन्त्री चढ्ने गाडीको ठक्करबाट तीन युवा गम्भीर घाइते

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार ६:२३, सर्लाही

सर्लाहीमा मधेश प्रदेशका मन्त्रीको गाडीले ठक्कर दिँदा तीनजना युवा गम्भीर घाइते भएका छन्।

नयाँरोड बरहथवा सडक खण्डमा पर्ने बरहथवा नगरपालिका ९ मुक्तेश्वर चोकमा बुधबार मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम चढ्ने गाडीले ठक्कर दिँदा स्थानीय तीन युवा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा बरहथवा ५ का १८ वर्षीय सुमन महतो, सर्लाहीकै बागमती नगरपालिका १० का १९ वर्षीय अजय महतो र सर्लाहीकै चन्द्रनगर गाउँपालिका ५ का दीपक महतो घाइते भएका हुन्।

उनीहरु सवार बा ४३ प १२६३ नम्बरको मोटरसाइकललाई मन्त्रीले चढ्ने गरेको मधेश प्रदेश ०२ ००१ झ ०२४० नम्बरको स्कार्पियो गाडीले ठक्कर दिएको हो। 

घाइते तीन युवालाई स्थानीय अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि वीरगञ्ज लगिएको छ। 

घाइते तीनमध्ये १९ वर्षीय अजयको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ठक्कर दिने गाडीका चालक र त्यसमा सबार व्यक्तिहरु फरार भएका स्थानीयले बताएका छन्। स्थानीयले गाडीमा तोडफोड गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad