ad ad

समाज


झापामा एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु

झापामा एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार ११:२६, झापा

झापाको बिर्तामोड नगरपालिका- १ अदुवापुलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्गमा पैदल हिँडिरहेको बेला सोमबार साँझ मे १ च ४६२३ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा बिर्तामोड- ४ की ६९ वर्षीया सीता साहको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार साहलाई ठक्कर दिने एम्बुलेन्स सिद्धदेवी कृषि सहकारी संस्था
इलामको हो। 

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएकी साहको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो। 

दुर्घटनापछि एम्बुलेन्स चालक इलामको माईजोगमाई नगरपालिका-३ का ३६ वर्षीय सुजन प्रधानलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .