ad ad

समाज


ओखलढुंगामा आगोले जलेर एक महिलाको मृत्यु, अर्की महिला घाइते

ओखलढुंगामा आगोले जलेर एक महिलाको मृत्यु, अर्की महिला घाइते

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १०:५६, ओखलढुंगा

ओखलढुंगामा आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ। घटनामा अर्की एक महिला घाइते भएकी छन्।

मानेभञ्ज्याङ गाउँपालिका- ७ हर्कपुरमा सोमबार साँझ आगलागी हुँदा ३३ वर्षीया कमला दाहाल गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।  

घटनामा कमलाकी देउरानी २७ वर्षीया जानुका गौतम घाइते भएकी छन्। उनको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

भान्साघरमा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगोलागी हुँदा गाैतम जलेकाे अनुमान प्रहरीले गरेको छ।

दाहालकी देउरानी गौतम भने आगो निभाउने क्रममा जलेर घाइते भएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .