ad ad

समाज


जनकपुरको हनुमान मन्दिरबाट पेस्तोलसहित भारतीय किशोरी पक्राउ

जनकपुरको हनुमान मन्दिरबाट पेस्तोलसहित भारतीय किशोरी पक्राउ

नेपालखबर
कात्तिक ८, २०८० बुधबार ११:२९, जनकपुरधाम

प्रहरीले जनकपुरबाट १६ वर्षीया एक किशोरीलाई पेस्तोलसहित पक्राउ गरेको छ।

भारतको बिहार राज्य अन्तर्गत शेराई ग्रामपञ्चायत घर भएका पप्पु सहनीकी छोरी १६ वर्षीया पूजा कुमारी सहनीलाइए जनकपुरधामको रेल्वे स्टेसन जनिकको एक मन्दिरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

रेल्वे स्टेसन नजिक रहेको हनुमान मन्दिरबाट गएराति सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो।


उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थान बरामद गरिएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .