राजनीति


चीनबाट स्वदेश आइपुगे उपप्रधानमन्त्री श्रेष्ठ (तस्बिरहरू)

चीनबाट स्वदेश आइपुगे उपप्रधानमन्त्री श्रेष्ठ (तस्बिरहरू)

सरोज बैजु
कात्तिक ८, २०८० बुधबार ११:४७, काठमाडौँ

चीन भ्रमण सकेर उपप्रधानमन्ती तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज बुधबार बिहान स्वदेश फर्किएका छन्। 

चीनको बेइजिङबाट छेन्दु हुँदै आज बिहान ११ः०५ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौँ) मा अवतरण गरेका हुन्।

चीन भ्रमणका क्रममा बेइजिङ रहँदा हृदयाघात भएपछि गृहमन्त्री श्रेष्ठ पूर्वनिर्धारित कार्यक्रमभन्दा केही दिन ढिला गरी स्वदेश फर्किएका हुन्। 

बीआरआई सम्मेलनमा सहभागी हुन गृहमन्त्री श्रेष्ठ गत असोज २९ गते सात सदस्यीय टोलीको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .