समाज


खुम्बु क्षेत्रबाट हराएका जर्मन नागरिक ५ दिनपछि भेटिए

खुम्बु क्षेत्रबाट हराएका जर्मन नागरिक ५ दिनपछि भेटिए

फाइल तस्बिर


नेपालखबर
असोज ३०, २०८० मंगलबार ६:२१, काठमाडौँ

पाँच दिनअघि सोलुखुम्बुको खुम्बु क्षेत्रबाट सम्पर्कबिहीन भएका एक जर्मन नागरिक बिरामी अवस्थामा भेटिएका छन्।

शुक्रबारदेखि सोलुखुम्बुको खुम्बु क्षेत्रबाट सम्पर्कबिहीन भएका जर्मन नागरिक ७६ वर्षीय डा.साखर गमलाई खुम्बु क्षेत्रको लबुचेस्थित एक होटलमा बिरामी अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

उनी गएको शुक्रबार जहाजमार्फत लुक्ला ओर्लिएपछि एक्दै सगरमाथा क्षेत्रको भ्रमणमा निस्किएका थिए।

उनी सम्पर्कबिहीन भएपछि नेपालस्थित जर्मन दूतावासले सोलुखुम्बु प्रहरीलाई खोजीको लागि खबर गरेको थियो। त्यसपछि नेपाल प्रहरी, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल मानव अधिकार संगठन लगायतले उनको खोजी सुरु गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad