ad ad

समाज


ओझालाई मदन पुरस्कार र मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण

ओझालाई मदन पुरस्कार र मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण

नेपालखबर
असोज २९, २०८० सोमबार १९:५०, काठमाडौँ

मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकारद्वय विवेक ओझा र टेकवीर मुखियालाई पुरस्कार अर्पण गरिएको छ।

ललीतपुरमा एक कार्यक्रमकाबीच आज सोमबार वि.सं. २०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत भएका ओझा र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका मुखियालाई पुरस्कार अर्पण गरिएको हो।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षितले ऐँठनका लेखक विवेक ओझा र मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरेका हुन्। 

मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको राशि चार–चार लाख रुपैयाँ रहेको छ। यसअघि मदन पुरस्कार गुठीले मदन पुरस्कार ऐठनलाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो।

ऐँठन कृति माओवादी आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तुमाथि केन्द्रित छ। उनले उर्जाशिल उमेर लेखन क्षेत्रमा बिताएको स्मरण गरे।

‘मदन पुरस्कार पाएको खबर पाएँ। नजिकै बसेकी श्रीमतीलाई सुनाएँ। नातीसँग खेलिरहनुभएकी मेरी आमालाई सुनाएँ। तुरुन्तै भिडिओ कल गरेँ। मेरो भाईलाई सुनाए। भाई खबर सुनेर रोयो। आमा रुनुभयो। पुष्पा रोइन। थाह नपाई ती आँशुले मेरा आँशुलाई समेत जागृत गराए। र, बुवालाई खबर सुनाउन सकिनँ,’ उनले भने, ‘उहाँ त झनै पो भावुक हुनुहुन्छ। पक्कैपनि ती सामान्य आँशु थिएनन्। यस्तो लाग्यो वर्षौंसम्म पर्खिएर खस्नका लागि पालो कुरीरहेका आँशु हुन्। कुनै कुनै आँशु गहमा आफ्नो पालो कुरेर बसिरहेका हुँदा रहेछन्। स्कूल नचिन्दै बुवासँगका लोककथा रित्तिए,’ ओझाले भने।

स्कूल पढ्दै गर्दा ठूलो दाइको सिको गर्दै रहरै रहरमा लेखनको वामे सुरु भएको बताउँदै उनले उक्त यात्रा खतरनाक नसामा परिणत भइसकेको बताए। ‘त्यो यात्रा खतरनाक नशामा परिणत भैसकेको रहेछ। यस अर्थमा खतरनाक नशा कि, मैले ऊर्जामय उमेरको उच्चतम समयमा समेत पारिवारिक जिम्मेवारीबाट भागेँ, अभाव स्वीकार्य साथी मान्न रुचाएँ,’ उनले भने।

उनले आफूले पुरस्कार पाएपछि परिवारमा हर्षको आँसु आएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .