झापामा आफ्नै ७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्। कानकाई नगरपालिका-१ का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
रक्सी खाएर छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध मंगलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।
घटना यस्तो हो
केही वर्षअघि आमा अर्कैसँग गएपछि ती बालिका हजुरबुबा र हजुरआमासँग बसिरहेकी थिइन्। उनी हजुरआमासँग सुत्ने गर्थिन्।
तर हजुरआमा पनि अशक्त रहेको अवस्थामा छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेका थिए।
यही बेहोरा उल्लेख उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। अहिले उनलाई अनारमनीस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ।

प्रतिक्रिया