त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत सेन्टर फर इनर्जीमा कार्यरत डा. जगन्नाथ श्रेष्ठले गरेको अध्ययनले ग्यासभन्दा इन्डक्सनमा खाना पकाउँदा सस्तो हुने देखाएको छ।
चार जनाका लागि आधा केजी चामल ग्यासबाट पकाउँदा ऊजको लागत २.४६५ रुपैयाँ र विद्युतबाट पकाउँदा १.४१९ रुपैयाँ पर्ने प्राध्यापक श्रेष्ठको अध्ययनले देखाएको हो।
यति मात्र होइन, यस अध्ययलने ग्यासबाट खान पकाउँदा ११.१८ मिनेट र इन्डक्सनबाट पकाउँदा ७.८२ मिनेट लाग्ने देखाएको छ। उनले यो खबर आजको कोराबार दैनिकमा भीम गौतमले लेखेका छन्।
प्रतियुनिट विद्युतको १० रुपैयाँ र प्रति १४.२ केजी ग्यासको १४ सय रुपैयाँलाई आधार बनाएर यस्तो विश्लेषण गरेका हुन्।
एकातिर सरकारले वार्षिक रूपमा झण्डै ४० अर्ब रुपैयाँ बराबरको ग्यासको कारण आयात घटेको र अर्कोतिर आगामी बर्षादेखि विद्युत् खेर जाने भनेर चिन्ता गरिरहेको बेला प्राध्यापक श्रेष्ठले गरेको यो अध्ययनले खाना पकाउनका लागि मात्र पनि विद्युत् उपयोग गरेरमा विद्युत्को माग बढाउन सक्ने देखिएको छ।
“२३ नोभेम्बर २०१९ मा ललितपुरमा प्रयोगात्मक रूपमा गरिएको परीक्षणले खाना पकाउँदा एलपीजीबाट ११५२.५ किलोजुल अर्थात ०.३२० किलोवाट आवर तथा विद्युत्बाट ५१०.९७८ किलोजुल अर्थात ०.१४२ किलोवाट आवर चाहिने देखिएको छ,” प्राध्यापक श्रेष्ठ भन्छन्, “यसले एकपटक विद्युत्बाट खाना पकाउँदा ग्यासभन्दा विद्युत् एक रुपैयाँ सस्तो हुने देखिन्छ, स्वदेशी उत्पादनको विद्युत् ग्यासको तुलनामा घरघरका लागि वातावरणमैत्री पनि छ।”
विद्युत् प्राधिकरणका केन्द्रीय प्रसारण लागेको पुगेको संख्या ४५ लाख घरधुरी नाघेको छ तर विद्युत्बाट खाना पकाउनेको संख्या एकदम कम छ। विज्ञहरूका अनुसार, तत्काल ग्यासलाई पूर्ण रूपमा विष्थापित गर्न सकिदैन तर पूर्ण विस्थापित गरेमा झण्डै ५ हजार मेगावाट बराबर थप विद्युत् आवश्यक छ।
अहिले त अधिकांशले इण्डक्सन चुल्होका लागि आवश्यकभन्दा कम क्षमता अर्थात ५ एम्पेयर मिटरको विद्युत् लिएका छन्, यस्तो संख्या घरायसी ग्राहकमध्ये ७० प्रतिशत भन्दा बढी छ। पहिला त सबैले यसको क्षमता बढाएपनि मात्र विद्युत्मार्फत खाना पकाउन सक्छन्।
Shares

प्रतिक्रिया