ad ad

समाज


विश्व दृष्टि दिवस मनाउँदै तिलगङ्गा आँखा प्रतिष्ठान

विश्व दृष्टि दिवस मनाउँदै तिलगङ्गा आँखा प्रतिष्ठान

फाइल फोटो


नेपालखबर
असोज २३, २०८० मंगलबार १९:५२, काठमाडौँ

तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा यही असोज २५ गते चेतनामूलक कार्यक्रमसहित विश्व दृष्टि दिवस मनाइने भएको छ।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नारासहित साताव्यापीरुपमा विभिन्न कार्यस्थलमा स्वास्थ्य टोली परिचालन गरी चेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेर  विश्व दृष्टि दिवस मनाइने बताए।
    
नेपालमा ५० वर्षमाथिका २० प्रतिशत मानिसको दृष्टि कमजोर रहेका, दृष्टिविहीन गराउने प्रमुख कारक मोतीविन्दु बनेको, उक्त उमेर समूहका अधिक मानिस मोतिविन्दुबाट पीडितत हुने गरेका, आँखाको नानी र पर्दामा समस्या भएसँगै ज्योति कमजोर हुने जलविन्दु र मधुमेहबाट अन्धोपनको जोखिम बढ्ने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए।

उनका अनुसार प्रतिष्ठानले ३९ वटा पालिकासँग अन्धापन निवारण गर्न प्राविधिक सहयोगका साथ सहकार्य गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .