जाजरकोटको कुशे गाउँपालिका-१ धाउनीमा अरिंगालले टोक्दा दुई बालिकाको मृत्यु भएको छ।
स्थानीय वीरबहादुर सिंहका छोरीहरु नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिताको अरिंगालले टोक्दा मृत्यु भएको टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए।
अरिंगालले टोकेपछि गम्भीर घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा सोमबार बाटोमै मृत्यु भएको हो। सुस्मिताको भने आइतबार बेलुका नै मृत्यु भएको थियो।
बालिकाकी हजुरआमा बिजुली सिंहसमेत अरिंगालले टोकेर घाइते भएकी छन्।
दुई नातिनीलाई साथमै लिएर गाईगोरु चराउन धाउनीस्थित खेतमा काम गर्न जाँदै गर्दा उनीहरुलाई अरिंगालले टोकेको थियो।
अरिंगालले टोकेपछि तत्कालै बालिकाहरुलाई उपचारको लागि अस्पताल नलैजाँदा मृत्यु भएको स्वास्थ्यकर्मी बस्नेतले जानकारी दिए।
Shares
प्रतिक्रिया