ad ad

समाज


नेपालमा रहेका इजरायली नागरिकको सुरक्षा निगरानी बढाउन निमित्त आईजीपीको निर्देशन

नेपालमा रहेका इजरायली नागरिकको सुरक्षा निगरानी बढाउन निमित्त आईजीपीको निर्देशन

नेपालखबर
असोज २२, २०८० सोमबार १६:३५, काठमाडौँ

नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक एआईजी टेकप्रसाद राईले नेपालमा रहेका इजरायली नागरिकको सुरक्षा निगरानी बढाउन निर्देशन दिएका छन्।

सोमबार सातवटै प्रदेशका प्रहरी प्रमुख र उपत्यका प्रहरी प्रमुखलाई राईले यस्तो निर्देशन दिएका छन्।

निमित्त आईजीपी राईको निर्देशनसँगै देशभरका जिल्लाबाट इजरायली नागरिकको तथ्यांक संकलन गर्न सुरु गरिएको छ।

नेपाल भ्रमणमा रहेका इजरायली नागरिकको सुरक्षामा निगरानी बढाउन एआईजी राईले निर्देशन दिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए।

यस्तै दसैँ लगायतका चाडबाडलाई लक्षित गर्दै सुरक्षा योजना बनाएर कार्यन्वयन गर्न पनि निर्देशन दिएका छन्। पछिल्लो समय देशमा देखिएका धार्मिक र सामुदायिक हिंसालाई लिएर सबै धार्मिकस्थलमा पनि निगरानी बढाउन भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .