ad ad

रोजगार


इजरायलमा ज्यान गुमाएका नेपालीको शोकमा मंगलबार राष्ट्रिय शोक

इजरायलमा ज्यान गुमाएका नेपालीको शोकमा मंगलबार राष्ट्रिय शोक

नेपालखबर
असोज २२, २०८० सोमबार १६:३९, काठमाडौँ

सरकारले हमासको आक्रमणमा परेर निधन भएका १० नेपालीहरूको शोकमा दुख व्यक्त गर्दै राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।

त्यस्तै, इजरायलमा ज्यान गुमाएका नेपालीहरूको परिवारलाई १० लाख दिने निर्णय पनि भएको ती मन्त्रीले जानकारी दिए। 

यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यहाँ रहेका विद्यार्थीका लिडर विपिन सुवेदीसँग भिडिओ वार्ता गरेका थिए।

सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भइसकेको छ। ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन्। 

राजदूतावासका अनुसार ४ जना घाइते छन् भने एकजना सम्पर्कविहीन छन्।

(मन्त्रिपरिषद् बैठकलगत्तै एक मन्त्रीले दिएको सूचनाका आधारमा म‌ंगलबार बिदासहित राष्ट्रिय शोक भनेर लेखिएको समाचार सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले बिदा नभई इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा राष्ट्रिय शोक घोषणा गरिएको बताएपछि सच्याइएको छ -सम्पादक)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .