ad ad

समाज


सरकारले भन्यो– हमासको आक्रमणमा ९ नेपाली घाइते, २ को अवस्था गम्भीर

सरकारले भन्यो– हमासको आक्रमणमा ९ नेपाली घाइते, २ को अवस्था गम्भीर

नेपालखबर
असोज २०, २०८० शनिबार १९:५१, काठमाडौँ

इजरायलमा भएको समूह हमासको आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हमासको आक्रमण लगत्तै फार्मममा काम गरिरहेका १४ जना नेपाली रहेको ठाउँमा आक्रमण भएको हो। 

नौ जना नेपाली घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

थप अपडेटहरू निश्चित समयमा गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालीहरू पनि घाइते भएको खबरसँगै शनिबार साँझ परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक बसी सो घटनाबारेको जानकारी गराइएको हो।

साथै, सरकारले इजरायल सरकारसँग नेपालको ऐक्यबद्धता रहेको पनि बताएको छ।

‘नेपाल सरकार इजरायलमा आज भएको आतंकवादी हमलाको घोर भत्सर्ना गर्दछ जसले बहुमूल्य मानवीय ज्यान गुमाउनुका साथै धेरै घाइते भएका थिए। यस महत्वपूर्ण घडीमा, हामी इजरायल सरकारसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौं,’ मन्त्रालयले भनेको छ।

स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन र अधिकारीहरूले सुझाव दिएका सुरक्षा उपायहरूको पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .