इन्द्रजात्रा हेर्न न्युरोड पुगेका युवकको हत्या भएको छ।
ओखलढुंगाको लिखु गाउँपालिका- ४ घर भइ हाल काठमाडाैँकाे क्षेत्रपाटी बस्ने १७ वर्षीय सनी कार्कीको हत्या भएको हो।
सोमबार राति साढे ११ बजे धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर लगिएको थियो।
ट्रमासेन्टरबाट त्रिवि शिक्षण अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।
प्रहरीले घटनामा मुख्य संलग्न रहेका अभियुक्तलाई पनि ललितपुरबाट पक्राउ गरेको छ। यसअघि प्रहरीले सोही घटनामा संलग्न भएको आशंकामा दुईजनालाई पक्राउ गरेको थियो।
321
Shares

प्रतिक्रिया